२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन सडक सञ्चालनमासँगै हवाई यात्रुको चाप घट्दै

अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।

जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौं आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको हो ।

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ । एक महिनाअघि दैनिक १४ देखि १६ वटासम्म उडान भएको भरतपुर विमानस्थलबाट अहिले दैनिक आठ वटामा झरेको छ ।

बिहानको समयमा उडान नहुनु र सडक सहज हुनुका कारण हवाईजहाजको यात्रा गर्नेमा कमी आएको उनले बताए। यस क्षेत्रका व्यवसायीसँग आफ्नै सवारीसाधन भएका कारण जहाजको यात्रा गर्नुभन्दा बिहानको समयमा गाडीमा नै यात्रा गर्ने गरेको प्रमुख गौतमले बताए ।

सडक निर्माणका क्रममा दिनको समयमा सवारी आवागमन रोकिएको र त्यसको चाप बिहान बेलुका परेपछि धेरैको रोजाइ हवाई यात्रा भएको थियो । अहिले पर्यटक आउने समय पनि नभएकाले हवाई यात्रा गर्नेको संख्यामा कमी आएको बुद्ध एयरलाइन्सका शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले बताए ।

मौसममा आएको परिवर्तन र लामो समय कुर्नुपर्ने बाध्यताका कारण यात्रुले विकल्प खोजेको हुन सक्ने उनको भनाइ थियो । दिनभर विमानस्थलमा बसेर मौसम र काठमाडौं विमानस्थलमा ट्राफिक जाम भन्दै उडान स्थगित भएपछि जानै नपाउने बाध्यता एकातर्फ छ भने भाडादर उच्च भएको र मितव्ययी टिकट नदिँदा पनि यात्रु रुष्ट थिए ।

कुनै समय दैनिक १२ वटासम्म उडान भरेको बुद्ध एयर अहिले दैनिक पाँचवटामा झरेको छ । जसमध्ये चारवटा काठमाडौं–भरतपुर र एउटा भरतपुर–पोखरा उडान गर्दै आएको छ । एति एयरलाइन्सले भरतपुर–काठमाडौं दैनिक पाँच वटासम्म उडान गर्दै आएकामा अहिले दुईवटा मात्रै उडान गर्दै आएको छ । सिम्रिक एयरले भरतपुर–काठमाडौं पहिलेदेखि नै एउटामात्रै उडान गर्दै आएको छ ।

यति एयरलाइन्स भरतपुरका शाखा प्रमुख राजेश सिंहले सडक निर्माणसँगै यात्रुको चाप पहिलाको तुलनामा घटेको बताए । पहिलेको तुलनामा यात्रुको चाप ४० देखि ५० प्रतिशतसम्म कमी आएको उल्लेख गर्दै उनले भने, “नरायणगढ–मुग्लिन सडक सञ्चालनमा आएसँगै यात्रुको चापमा कमी आएको छ ।”

भरतपुर विमानस्थलबाट पहिला दैनिक एक हजारको हाराहारीमा यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले सो संख्या घटेर ५७५ मा झरेको छ । रासस