रिवल्वर सहित दुई जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रिवल्वर सहित दुई जना पक्राउ


३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंले रिवल्वर सहित दुई जनालाई पक्राउ गरेको छ ।

शंकास्पद कालो झोलासहित ठमेलबाट ३० गते राति दुई जना पक्राउ गरिएका हुन् । पक्राउ पर्ने दुबैजनाको साथबाट रिबल्वर एक थान र खुकुरी एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङ रहेका छन् । पक्राउ पर्ने दुबै जनाको प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस