काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित समितिले काठमाडौंको विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवालाई शिल गरेको छ ।
समितिले बाजेको सेकुवाका १० वटा शाखा मध्ये ६ वटा शाखामा छापा मारी शिल गरेको हो । बाजेको सेकुवा सुन तस्करी प्रकरणका अभियुक्त चेतन भण्डारीले सञ्चालन गरेका हुन् ।
जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएका भण्डारी भने फरार छन् ।
सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ ।







