२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खर्च कटौतीका प्रस्ताव सदनमा प्रस्तुत

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७५ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्थापन तथा सहकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि छलफल भइरहेको छ ।

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भरतकुमार शाहले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिए पनि कूल बजेटको ३ प्रतिशत पनि नछुट्याइनुले भाषण र वास्तविकताबीच तालमेल नदेखिएको भनी आलोचना गरे ।

उनले भने–‘कृषि विकासका लागि ३३ अर्ब ३० करोड छुट्याइएको छ, यो कूल बजेटको ३ प्रतिशत हो, यो बजेट देखाउन राखेको हो कि विकास गर्न ?’

सांसद शाहले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव सदन समक्ष प्रस्तुत गरे ।

सांसद प्रकाश रसाइलीले ‘विनियोजन विधेयक, २०७५ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव सदन समक्ष प्रस्तुत गरे ।

त्यस्तै, पार्वता डिसी (चौधरी) ले ‘विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई एक रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।

सो अवसरमा सांसद चौधरीले खानेपानी जनताको अपरिहार्य आवश्यकता भएकाले प्राथमिकताका आधारमा खानेपानीका योजना अघि बढाउनुपर्ने बताइन ।

सांसद दुर्गा पौडेलले ‘विनियोजन विधेयक, २०७५ अन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् ।

त्यस्तै, सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७५ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई एक रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए।

सांसद सुवालले उपरोक्त मन्त्रालयअन्तर्गत हालसम्म घोषणा भएका तर पूरा हुन नसकेका योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए ।

सांसद अतहर कमाल मुसलमानले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए । रासस