२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाइजोबारे मन्त्रीलाई प्रश्न गर्दा कार्यक्रम बन्द !

अ+ अ-

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘सिधा प्रश्न’ कार्यक्रम सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ठाडो निर्देशनमा बन्द गरिएको कार्यक्रम प्रस्तोता राजु थापाले आरोप लगाएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमार्फत् मन्त्री बाँस्कोटामाथि आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘केही दिनअघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले लाइभ अन्तर्वार्ता दिँदा झुट बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि रिसाएर उक्त कदम चालेका हुन् ।’

सो अन्तर्वार्तामा उनले आफूले पाएको दाइजोबारे झुटो बोलेका थिए ।

‘मलाई पूरै कार्यक्रमभरि गाह्रो लागेको थियो । दाइजोको विषय आएपछि बढी तनावपूर्ण भयो,’ थापाले भने,’ कार्यक्रम सकिएपछि मन्त्रीज्यू आज पहिलो पटक मलाई कार्यक्रम चलाउन गाह्रो भयो भनें । उहाँ केही नबोली हिँड्नुभयो । हिजो कार्यक्रम बन्द भयो भनेर फोन आयो ।’

नेपाल टेलिभिजनले भने मन्त्रीको आदेशमा कार्यक्रम बन्द नभएको जनाएको छ । टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले कार्यक्रम बन्द हुनुमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको संलग्नता नरहेको बताएका छन् । ‘नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै ‘सिधा प्रश्न’ कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन,’ उनले भने ।