ट्रम्प र किमबीचको सिङ्गापुर वार्ता सकारात्मक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ट्रम्प र किमबीचको सिङ्गापुर वार्ता सकारात्मक


२९ जेष्ठ २०७५, मंगलबार


सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ ।

सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुनेछ भनेका छन् ।

वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले ‘यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ’ भने।

सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएका थिए।

आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारे र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभिए ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने भनिएको यस वार्ताको यस महत्वपूर्ण घटनाका लागि विश्वका सञ्चारमाध्यमहरुले निकै पहिल्यै देखि नै समाचार सम्प्रेषण गरिरहेका थिए ।

अहिले पनि सिङ्गापुरमा विश्वका हजारौँ पत्रकार उपस्थित भएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस