२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होसियार ! चिठ्ठाका नाममा ठगिनुहोला

अ+ अ-

काठमाडौं । सामाजिक सञ्जाल वा मोबाइलमा चिठ्ठा परेको वा बम्पर पुरस्कारमा छनोट भएको म्यासेज आएको छ ? छ भने होसियार रहनुस्, अन्यथा ठगिनुहोला ।

गत मंसिरयता मात्रै पर्सामा यस्ता क्रियाकलापमा संलग्न हुने २७ जना पक्राउ परेका छन् । प्रहरीले २०७४ मंसिर १४ गते ६, पुस ३ गते तीन, फागुन ७ गते तीन, फागुन २१ गते पाँच, चैत ७ गते तीन र चैत ३० गते ३ जनालाई पक्राउ गरेको थियो ।

ठगी गर्नेले सामाजिक सञ्जाल (ह्वाटस्अप, इमो, भाइबर र फेसबुक) र मोबाइलमार्फत् विभिन्न व्यक्तिलाई २५–३५ लाख रूपैयाँको चिठ्ठा परेको, बम्पर पुरस्कारमा छनोट भएकोलगायत म्यासेज पठाउने गरेको र सोबाफत सरकारलाई तिर्न भन्दै रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ परेका सबैविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये १२ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा छन् । अन्य अभियुक्त धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

ठगीमा भारतीयको संलग्नता
चिठ्ठा ठगीमा भारतीयको संलग्नता देखिएको छ । प्रहरीका अनुसार गत मंसिरयता चिठ्ठा ठगी आरोपमा पक्राउ परेकामध्ये ९ जना भारतीय छन् । यहाँका व्यक्तिहरू भारतीयको डिजाइनमा ठगी गर्दै आएको प्रहरीले जनाएको छ । यस्ता गिरोहले भारत र पाकिस्तानका गिरोहलाई पनि रकम पठाउने गरेको प्रहरीको आशंका छ ।

प्रहरीले सोमबार मात्रै चिठ्ठाका नाममा ठगी गरेको भन्दै चार जनालाई पक्राउ गरेको थियो । यो घटनाका मुख्य अभियुक्त वीरनारायण चौरसियाले भारत र पाकिस्तानको अभियुक्तलाई दैनिक एक लाख रूपैयाँ पठाउने गरेको प्रहरीले जनाएको छ ।