२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोर्खा आन्दोलनलाई सशक्त बनाइने : गुरुङ

अ+ अ-

काठमाडौँ । पूर्वगोर्खाहरुको संस्था गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो नेतृत्वमा गोर्खा आन्दोलनले प्राप्त गरेको ऐतिहासिक सफलतालाई समाप्त पार्न चौतर्फी षड्यन्त्र भइरहेको बताएका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरेर गुरुङले आफूले सबै त्याग गरेर २७ वर्षसम्म रगत र पसिना बगाएर निर्माण गरेको इतिहासलाई समाप्त पार्न षड्यन्त्र गरिएको भन्दै सोको डटेर सामना गर्न अब मुकदर्शक बनेर नबस्ने निर्णय गरेको बताए ।

गेसोको संस्थापक सभापतिको हैसियतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमसहित गोरखा भर्तीले नेपालीको स्वाभिमान र स्वाधिनतामा लागेको कालो दागलाई मेटाउन सशक्त नेतृत्व गर्दै अघिबढ्ने निर्णय गरेको छु, उनले भने ।

गेसोको नेतृत्वमा भएको प्रथम चरणको आन्दोलन सफलतापछि दोस्रो चरणको आन्दोलनका रुपमा प्रथम र दोस्रो विश्व युद्धमा मारिएका नेपाली युवाको सम्झना र सम्मानमा स्याङ्जाको साल्मेडाँडामा विशाल गोरखा समाधि निर्माण गर्ने घोषणा गरेको र कुनै प्राविधिक बाधा अड्चन नआएमा आगामी कात्तिक महिनासम्ममा प्रथम चरणको निर्माण सम्पन्न हुने जानकारी पनि गुरुङले दिए ।

‘उक्त समाधि नेपाल र बेलायतका प्रधानमन्त्रीहरुबाट संयुक्तरुपमा उद्घाटन हुने कुराको जानकारी गराउन चाहन्छु, गुरुङले अगाडि थपे ।

सम्पूर्ण भूपू गोर्खा सैनिक एकजुट भएर आन्दोलन गरेको हुनाले नै विश्वमा चर्चित गोरखा समाधिको परिकल्पना गर्न सकेको भन्दै यस्तो ऐतिहासिक आन्दोलनको सफलताको उपलक्ष्यमा सबै एक ढिक्का भएर अघि बढ्न अनुरोध गरेका छन् ।

नेपालले बेलायती साम्राज्यवादीसँग खोज्नु पर्ने हरहिसाब धेरै नै बाँकी छ, यस्तो हिसाब खोज्न सक्ने मजबुत प्रमाणको रुपमा युद्धमा लगेर अन्यायपूर्वक मारिएका हजारौँ पितृको नाममा साल्मेडाँडामा विश्वले छर्लंग देख्न सक्नेगरी नेपालका १९ जातजाति जनजातिको विश्वकै विशाल गोर्खा समाधि निर्माण गरिएको उनको कथन छ । रासस