यस्तो छ काठमाडौंमा विश्वकप हेर्नेले पालना गर्नुपर्ने आचारसंहिता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्तो छ काठमाडौंमा विश्वकप हेर्नेले पालना गर्नुपर्ने आचारसंहिता


२८ जेष्ठ २०७५, सोमबार


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा विश्वकप हेर्नका लागि १० बुँदे आचारसंहिता जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा सोमबार जारी गरिएको सार्वजनिक सूचनामा १० बुँदे आचारसंहिता पनि जारी गरिएको छ । ‘विश्वकपका खेलहरु क्लब, संघसंस्था, तथा निजी व्यवसायीले आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि प्रदर्शन गर्ने सन्दर्भमा निम्न लिखित शर्तहरुको अधिनमा रहेर मात्र गर्न पाउनेछन्’, घिमिरेद्वारा जारी सार्वजनिक सूचनामा भनिएको छ ।

उक्त सूचना अनुसार खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने, प्रदर्शन स्थलमा कुने प्रकारको शुल्क लगाउन नपाइने, खेलको हारजित लगायत विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाइने, मादक पदार्थ खरिद विक्री, ओसार पसार तथा सेवन गर्न गराउन नपाइने, असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा सीसीटिभी निगरानीको व्यवस्था गरिएको हुनुपर्ने, होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाइने लगायतका सर्त पालना गर्नु पर्ने छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस