राजपा सरकारमा जाने विषयमा छलफल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राजपा सरकारमा जाने विषयमा छलफल


२८ जेष्ठ २०७५, सोमबार


काठमाडौं । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताएका छन् ।

सोमबार आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताए ।

नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा संघीयतालाई कार्यान्वयन गर्न धेरै संघीय कानून बनाउन बाँकी रहेको बताउँदै आगामी असोज ३ भित्र कानून जसरी पनि बनाउनुपर्छ भने । अर्को प्रसङ्गमा उनले प्रदेश नं २ मा राजपा र सङ्घीय समाजवादी फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्ण समर्थन रहने बताए । रासस

प्रतिक्रिया दिनुहोस