आरके ज्वेलर्समा अनुसन्धान समितिको छापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आरके ज्वेलर्समा अनुसन्धान समितिको छापा


२८ जेष्ठ २०७५, सोमबार


काठमाडौं । साडे ३३ किलो सुन तस्करी छानविन गर्न गठित समितिले आरके ज्वेलर्समा छापा मारेको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वको टोलीले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलर्समा छापा मारेको छ । दुई वटै पसलबाट ठुलो परिमाणमा सुन वरामद भएको बताइएको छ ।

ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस