२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी सहायक निरीक्षक थापाको मृत्यु रहस्यमय, हत्या भएको भन्दै छानविनको माग

अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) २६ वर्षीय अनुपराज थापाको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

प्रहरी पहरा गणबाट काठमाडौंको लाजिम्पाटस्थित इजरायली राजदूतावासमा कार्यरत थापाले आइतबार डियुटीमै आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको भन्दै प्रहरीले परिवारलाई खबर नै नगरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेपछि परिवारले आत्माहत्या नभई हत्या भएको आशंका गर्दैै छानविनको माग गरेका छन् ।

दूतावासस्थित ब्यारेकमा असई अनुपराज थापाले आफैँलाई निधारमा गोली हानी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

मृतक थापाका पिता ज्ञानेन्द्र थापाले कुनै तनाव, समस्या र घटनाको कारण नै नभएको अवस्थामा छोराको आत्महत्या ग¥यो भन्नु अविश्वसनीय भएको बताए ।

उनले भने, ‘छोराले आत्महत्या गरेको भन्दै शिक्षण अस्पतालमा आउन प्रहरीले खबर गरे, छोराले आत्महत्या गर्नुको कुनै कारण छैन, घटनापछि परिवारलाई जानकारी नै नदिई सिधै किन परीक्षणका लागि अस्पताल ल्याइयो ? यो आत्महत्या नभई हत्या हो, निष्पक्ष छानविन हुनुपर्छ ।’

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानविन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, ‘यो आत्महत्या नै हो भन्ने कुनै आधार देखिँदैन, हत्या गरिएको पनि हुनसक्छ । तत्काल छानविन समिति बनाई सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’ रासस