बलात्कारी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलात्कारी पक्राउ


२८ जेष्ठ २०७५, सोमबार


गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी एक छ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय मो हसमत अंसारीलाई पक्राउ गरिएको हो ।

त्यस्तै औरही नगरपालिका–६ की एक १७ वर्षीया किशोरीलाई सोही स्थानको उखुबारीमा लगी बलात्कार गरेको आरोपमा स्थानीय ७० वर्षीय कालीचरण चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कडायतले बताए ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस