कर्णालीको नीति तथा कार्यक्रम कथाको पाना जस्तो भएको नेता शाहीको आरोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीको नीति तथा कार्यक्रम कथाको पाना जस्तो भएको नेता शाहीको आरोप


२८ जेष्ठ २०७५, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले शनिबार आ.व. ०७५/०७६को  नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सो कार्यक्रमलाई नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल मात्र नभइ कथाको पाना जस्तो भएको आरोप लगाएका छन् ।

नेता शाहीले ‘प्रस्तुत नीति तथा कार्यक्रम सबै हँचुवाका तालमा ल्याइएको छ , यसमा सरकारको आफ्नो योजना देखिएको छैन भनेका छन्।

उनले भने, ‘नीति तथा कार्यक्रमले कर्णालीको भूगोल र मौलिकतालाई समेट्न सकिएकोे छैन, नत त्यसलाई कार्यान्वयन गर्ने कुनै संयन्त्र छ, निकै ठूला सपना बाँडिएको छ ।’

नेता शाहीले पखेटा नभएको नीति तथा कार्यक्रम विकासभन्दा वितरणमुखी हुने देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस