गोरे, खत्री र भुजुङलाई काठमाडौं ल्याइँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरे, खत्री र भुजुङलाई काठमाडौं ल्याइँदै


२८ जेष्ठ २०७५, सोमबार


काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई आज काठमाडौं ल्याइने भएको छ ।

गोरैसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो ।

जिल्ला अदालत, मोरङले उनीहरूलाई काठमाडौं लैजान अनुमति दिइसकेको छ । गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो ।

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । ‘सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको बेला छानबिन समितिले पनि थप अनुसन्धान गर्ने छ,’ प्रहरी स्रोतले भन्यो ।

गोरे गत जेठ १० गते पक्राउ परेका हुन् । उनले बयानमा आफूले सुन तस्करी गरेको स्वीकारेका थिए । यस्तै उनले श्याम खत्री र मोहनकुमार अग्रवाल पनि तस्करीमा संलग्न रहेको बताएका थिए ।

लामो समय फरार भएका एसएसपी श्याम खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । उनले इन्कारी बयान दिएका छन् । भुजुङ भने अनुसन्धानको प्रारम्भिक चरणमै पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस