सर्पले डसेर किशोरीको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्पले डसेर किशोरीको मृत्यु


२७ जेष्ठ २०७५, आइतबार


अछाम । अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ ।

घर नजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले जानकारी दिइन् ।

मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसइई परीक्षा दिएकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस