२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुरक्षा सकारात्मक दिशामा : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताए ।

राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी बनाउँदै लगिएको बताए ।

उनले महिला तथा बालबालिका क्षेत्रमा देखिएका जोखिमका विषयमा छानबीन गर्न समिति बनाएर अगाडि बढाइएको जानकारी दिँदै उनले त्यसतर्फ गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।

विखण्डनकारी, अतिवादको अन्त्यका लागि राजनीति तथा प्रशासनिक दुबै कार्यलाई अगाडि बढाइएको भन्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा र मुलुकको विकासको बाधकका रुपमा रहेको संगठित अपराधको नियन्त्रणमा विशेष अभियान शुरु गरिएको बताए ।

समाजको सदाचारको लज्जाजनक अवस्थामा लागुऔषध तथा मदिरा नियन्त्रण गर्न लागिएको बताउँदै उनले यातायात क्षेत्रको मिलेमतो खारेज भएको र अन्य क्षेत्रमा रहिआएको मिलेमतोलाई नियन्त्रण गर्ने बताए ।

विपद् जोखिम न्यूनीकरणका विषय प्रभावकारी बनाउने बताउँदै गृहमन्त्री थापाले क्षतिको आधारमा उद्धार र राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले कानून बमोजिम भएका सम्झौताको कार्यान्वयन नगर्ने निर्माण क्षेत्रमा गृह मन्त्रालय गम्भीर भएर लाग्ने बताए ।

गृहमन्त्री थापाले सीमा सुरक्षाको क्षेत्रमा सबै सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गरिएको बताए । उनले आगामी आवमा सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने बताए । रासस