एआइजीको दरबन्दी कटौती « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एआइजीको दरबन्दी कटौती


२७ जेष्ठ २०७५, आइतबार


एआईजी

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआइजी दरबन्दी कटौती गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

अब नेपाल प्रहरीमा प्राविधिकबाहेक तीन एआइजी रहने भएका छन् । यसअघि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा निर्माणका क्रममा नेपाल प्रहरीमा पाँच एआइजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआइजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआइजी राख्नु उपयुक्त नहुने भन्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन एआइजी राख्ने निर्णय गरेको हो । हाल नेपाल प्रहरीमा प्राविधिकसहित १६ एआइजी छन् ।

सशस्त्रमा पनि दरबन्दी कटाएर दुई एआइजी मात्रै राखिएको छ ।

यसअघि गृह मन्त्रालयले सशस्त्र प्रहरीमा तीन एआइजी राख्ने प्रस्ताव गरेको थियो । हाल सशस्त्र प्रहरीमा आठ एआइजी छन् ।

प्रतिक्रिया दिनुहोस