पूर्वप्रहरीले नै मानेनन् गृहको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वप्रहरीले नै मानेनन् गृहको निर्देशन


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । गृह मन्त्रालयको निर्देशन पूर्वप्रहरीले नै अवज्ञा गरेका छन् । गृहमन्त्रालयले अनावश्यक सुरक्षाकर्मी फिर्ता पठाउन निर्देशन दिँदा पनि केही पूर्वप्रहरीले अझै त्यो पालना गरेका छैनन् ।

पूर्वएआइजी बमबहादुर भण्डारी, कल्याण तिमल्सिना, राजेन्द्रसिंह भण्डारी, मधु पुडासैनी तथा पूर्वडिआइजी सुरेन्द्र पाललगायतले अझै सुरक्षाकर्मीहरू फिर्ता गरेका छैनन् । उनीहसँग दुई–तीन सुरक्षाकर्मी भएको गृह स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पूर्वआइजिपी अच्युतकृष्ण खरेलले पनि सुरक्षाकर्मी फिर्ता गरेका छैनन् ।

गृहमन्त्री रामबहादुर थापाको ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस