गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


२६ जेष्ठ २०७५, शनिबार


म हाँसेर लेखुँ हसाँएर लेखुँ,
सुधा काव्य धारा रसाएर लेखुँ ।

कतै प्रेम बग्दा नियालेर हेर्दै,
उनै जून–तारा खसाएर लेखुँ ।

खुबै डस्छ घाती जमाना छ ऐले,
डसाएर पीडा पचाएर लेखुँ ।

विदेशी बयालो कतै चल्न थाले,
तताएर लोही ठटाएर लेखुँ ।

म लेखुँ पुराना कथा वीरताका,
नयाँ योजना छन् रटाएर लेखुँ ।

अझैसम्म छन् व्याप्त संस्कार तीता
पूरै अन्ध जालो हटाएर लेखुँ ।

झनै लेख्न चाहे म लेखुँ महात्म्य,
र लेखुँ म ऋचा चखाएर लेखुँ ।

प्रतिक्रिया दिनुहोस