साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका अग्रवालको घरमा छापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका अग्रवालको घरमा छापा


२५ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको काठमाडौं अनामनगरस्थित घरमा छापा हानिएको छ । गृहमन्त्रालयले बनाएको विशेष छानबिन टोलीले शुक्रबार अग्रवालको घरमा छापा हानेको हो ।

समितिले उनको घरबाट केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ । उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस