तेजबहादुर कार्कीको ऐतिहासिक तथा सांस्कृतिक अध्यन ‘मष्टो संस्कृति’ सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तेजबहादुर कार्कीको ऐतिहासिक तथा सांस्कृतिक अध्यन ‘मष्टो संस्कृति’ सार्वजनिक


२५ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । संस्कृतिविद् तेजबहादुर कार्कीको ऐतिहासिक एवम् सांस्कृतिक अध्ययन ‘मष्टो संस्कृति’को लोकार्पण गरिएको छ ।

भृकुटी मण्डपमा सञ्चालीत २२औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा एक कार्यक्रमबीच लोार्पण गरिएको हो ।

प्रा.डा. राजाराम सुवेदी र डा. जगमान गुरुङद्वारा संयुक्त रुपमा विमोचित उक्त पुस्तक र मष्टो संस्कृतिबारे विचार विमर्श गरिएको हो ।

डा. जगमान गुरुङले पुस्तकबारे टिप्पणी गरेका छन् । पुस्तकमा खसहरूको प्रमूख विशेषता मष्टो संस्कृति रहेको र अधिकांश बाहुनहरूको कुलदेवता मष्टो रहेको र जसमा १२ भाइ मष्टा, ९ बहिनी भवानी रहेको कुरा बताइएको छ ।

खस आर्य बाहुनहरूले आफ्नो इतिहास, कुल र कुलदेवताको बारेमा जानकारी पाउन यो मष्टो संस्कृति पुस्तक पढ्नै पर्ने र यसले मष्टोसंस्कृतिधारीहरूको थप अध्ययन गर्न एउटा कोशे ढुङ्गो सावित हुने कुरा पनि डां जगमान गुरुङले बताए ।

त्यस्तै प्रा.डा राजाराम सुवेदीले विभिन्न स्रोत र सन्दर्भ सहित मष्टो संस्कृतिको बारेमा अनुसन्धान गर्दै लेखिएको यो पुस्तक खसहरूको एउटा बहुमूल्य सम्पत्ति सावित भएको बताएका छन् ।

सुवेदिले खस मष्टोसंस्कृति मान्नेहरूले आफ्नो पहिचान थाहा पाउन र थाहा दिनको लागि प्रत्येककोे घरघरमा यो पुस्तक हुनुपर्ने बताए ।

त्यस्तै मष्टोसंस्कृतिमा एउटा अदृश्य शक्ति हुने जुन धामीलाई चढेपछि देवीबाणी आउने र उक्त समयमा न्याय मिचेर अन्याय गर्ने उपर मष्टो धामीसँग याचना गरेमा न्याय अन्याय छुटाएर अन्यायीलाई सजायदिनसक्ने सम्मको अचम्मित अदृष्य शक्ति समेत हुने कुरा बताइएको छ ।

आफ्नो स्पष्ट स्वरुप नभएको मष्टोको धर्म संस्कृति उदार भएकोले अहिले यसको क्षय हुँदै गएको कुरा पनि डा. सुवेदिले बताए ।

लेखक तेजबहादुर कार्कीले पनि मष्टो संस्कृतिको गहिरो अनुसन्धान गरी अर्को संस्करण पक्राशन गर्ने बाचा गरेका छन् ।

यो पुस्तक मष्टो संस्कृतिधारी सबैलाई आफ्नो इतिहास बुझ्न थप पे्ररणाको श्रोतसावित भए बताइएको छ ।

२४८ पेज रहेको यस मष्टो संस्कृति शिखा बुक्सबाट प्रकाशित र ज्ञानज्योति बुक्स पब्लिकेसनद्वारा वितरित गरिएको छ भने यसको मूल्य ३५०/- रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस