आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या


२५ जेष्ठ २०७५, शुक्रबार


भक्तपुर । भक्तपुरमा बन्चरो प्रहार गरी एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्दै आएका उमेश माझीले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको बताए ।

श्रीमतीलाई बन्चरो प्रहार गरी फरार रहेका उमेश माझीको खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।

उमेश माझी खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्दै आइरहेका थिए । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् ।

प्रतिक्रिया दिनुहोस