संसद् नियमावली पेश गरिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद् नियमावली पेश गरिँदै


२५ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । दलहरूबीच सहमतिपछि लामो समयदेखि संसद्मा अड्किएको संसद् नियमावली आज पेश हुँदैछ । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नियमावली निर्णयार्थ पेश हुने सभामुख कृष्णबहादुर महराको सचिवालयले जनाएको छ ।

सत्तापक्षले फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधान राखेर संसद् नियमावली पारित गर्न खोजेपछि कांग्रेसले असहमती जनाएको थियो । सत्तपक्षले बहुमतको आडमा निलम्बनको प्रावधान राखेर नियमावली पारित गर्न खोजे संसद छाडेर हिँड्ने कांग्रेसले चेतावनी दिएको थियो ।

त्यसपछि सत्तापक्ष र विपक्षी दलका नेताहरूबीच निलम्बन शब्द नराखी नियमावली पेश गर्ने सहमती भएको छ ।

नेकपाका राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले कांग्रेसको अडानपछि निलम्बनको प्रावधान नराखी नियमावली पारित गर्ने सहमति भएको बताए । अभियोग लागेका सांसद् स्वतः निलम्बन सरह नै हुने व्यवस्था गरिएको उनले बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले शीर्ष तहमा भएको सहमति अनुसार जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस