दुर्घटनामा परी बैंगलोरमा  एक नेपालीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुर्घटनामा परी बैंगलोरमा  एक नेपालीको मृत्यु


२५ जेष्ठ २०७५, शुक्रबार


कञ्चनपुर । भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको अस्पतालमा उपचारका लागि पु¥याइएपछि उनको उपचारका क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । साहु घरका एक्ला कमाउने व्यक्ति रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस