यी हुन् सबै भन्दा बढी घुस चल्ने सरकारी अड्डा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यी हुन् सबै भन्दा बढी घुस चल्ने सरकारी अड्डा


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको एक सर्वेक्षणले नेपालका दुई ओटा सरकारी अड्डामा सबै भन्दा बढी लिइने गरेको पाइएको छ ।

ट्रान्सपरेन्सीले बिहीबार सार्वजनिक गरेको उक्त अध्ययनका अनुसार सबैभन्दा बढी घुस मालपोत कार्यालय र सरकारी अस्पतालमा लिइने गरेको हो ।

ट्रान्सरेन्सी इन्टरनेसनलका डा. प्रकाशचन्द्र भट्टराई र विशालकुमार भण्डारीले गरेको अध्ययनका अनुसार ती दुई कार्यालयमा बढी घुस चल्नुका साथै सेवा प्रवाहमा पनि ढीला सुस्ति हुने गरेको छ । अध्ययनले यी संस्थाको ढीलासुस्तिका कारणले सेवाग्राहीले निकै सास्ति खेप्नु परिरहेको देखाएको छ ।

आठ जिल्लाका १३ वटा सरकारी कार्यालय र ३१ सय ६८ जना उत्तरदाताको घरधुरी सर्वेबाट उक्त निश्कर्ष निश्केको हो ।

मालपोतको सेवा लिन जाँदा विभिन्न बहानामा थप रकम तिर्न बाध्य पारिनुका साथै प्रविधिको प्रयोगपछि पनि त्यसैलाई नै आधार बनाएर थप रकम असुल गर्ने गरिएको पाइएको अध्ययनले देखाएको छ ।

सम्बन्धित निकायमा उजुरी दिँदा पनि सुनुवाई र प्रभावकारी कार्यान्वयन नहुँदा सेवाग्राहीका उजुरी पनि न्यून मात्रामा पर्ने गरेको पनि अध्ययनले देखाएको छ । रासस

प्रतिक्रिया दिनुहोस