भिरबाट खसेर एकको मृत्यु « प्रशासन
prasaLogo
१७ श्रावण २०७८, आइतबार
   

भिरबाट खसेर एकको मृत्यु


२४ जेष्ठ २०७५, बिहिबार


पाल्पा । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुने रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीका ४५ वर्षीय रेमबहादुर गाहा रहेका छन् ।

आज दिउँसो घरदेखि अन्दाजी ५०० मिटरको दूरीमा रहेको खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

जिल्ला अस्पताल पाल्पामा शव परीक्षणपछि बिहीबार आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस