२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६८४ कर्मचारी कारबाहीका लागि सिफारिस

अ+ अ-

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले १ हजार ६ सय ८४ जना निजामती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार केन्द्रले साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गर्दा ठुलो संख्यामा कर्मचारीले नियम पालना नगरेको पाइएको बताए । कतिपय कार्यालयमा समयमा कार्यालय नगएको, कतिपयले पोसाक नलगाएको पाइएको छ –उनले भने। उनले नियम उलंघन गर्ने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको बताए ।

अनुगमनका क्रमका ५ सय ४२ कर्मचारीले पोसाक नलगाएको र १ हजार १ सय ५३ कर्मचारी समयमा कार्यालयमा नगएको पाइएको केन्द्रले जनाएको छ । केन्द्रले यस्ता कर्मचारीलाई कारवाहीका लागि सम्वन्धित कार्यालय प्रमुखलाई चिठ्ठि पठाएको छ ।

‘यति ठुलो संख्यामा कर्मचारी कारवाहिका लागि सिफारिस हुनु दुखद् कुरा हो’, प्रवक्ता लामिछाने भने, ‘यस्तो व्यथिति रोक्न कार्यालय प्रमुखले प्रभावकारी भूमिका निभाउनु पर्छ र मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकाय पनि सजक हुनु पर्छ ।’

यसरी कारवाहीका लागि सिफारिस हुनेमा केही सिंहदरबारमै कार्यरत कर्मचारी पनि रहेका उनले बताए ।

सतर्कता केन्द्रले केही दिनअघि वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र मुद्रण विभागलगायत कार्यालयमा छड्के गरेको थियो । ति निकायका पनि थुप्रै कर्मचारीको नाम कारवाहीका लागि सिफारिस भएको उनले बताए ।

उनले कर्मचारी अभावले अझै धेरै कार्यालयमा अनुगमन गर्न नसकिएको बताएका छन् । आगामी दिनमा अनुगमनलाई थप प्रभावकारी बनाइने प्रवक्ता लामिछानेले बताए ।