२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको निर्देशनपछि नारायणगढ मुग्लिन सडक चौबिसै घण्टा सञ्चालनमा

अ+ अ-

चितवन । विगत तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारका कारण दिन र रातको समयमा सवारी रोकिँदा यात्रुले हैरानी बेहोर्दै आएका थिए ।

खाल्डाखुल्डी सडक, छिनछिनमा झर्ने पहिरो र दैनिक आवागमन रोकिँदा यात्रु र चालकको यात्रा कष्टकर हुँदै आएको थियो । सो सडक हुँदै दैनिक दश हजार हाराहारीमा सवारी गुड्ने गर्दछन् । यो राजधानीसँग जोड्ने लाइफलाइन पनि हो । समयमा काम सक्न ठेकेदार कम्पनीहरुलाई दबाब परिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसरमा भिडियो सन्देश जारी गरे । त्यसमा जेठ २५ गतेबाट नारायणगढ मुग्लिन सडक नरोकिने उल्लेख थियो । यस सँगै कालोपत्रको पहिलो तह सकेर बाटो खोल्नुपर्ने दबाबमा नारायणगढ मुग्लिन सडक आयोजना प¥यो ।

यस आयोजनाका संयोजकसमेत रहेका सडक विभागका वैदेशिक महाशाखा प्रमुख इन्जिनियर सञ्जयकुमार श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्रीको सन्देशअनुरुप नै रातदिन नभनी काम अघि बढायौँ’, उनले थपे, ‘हामी जेठ २५ गतेअघि नै सडक सञ्चालनमा ल्याएर प्रधानमन्त्रीको सन्देशको वाचा पूरा गर्न चाहन्थ्यौँ ।’ फलस्वरुप जेठ २२ गते राति १२ बजे सडकको पूरै भाग कालोपत्रले जोडेर भोलिपल्ट अर्थात् जेठ २३ गतेबाटै सडक सञ्चालनमा ल्याएको उनले बताए ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब दुई किलोमिटर पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । यस सँगै दैनिक बिहान १० बाट दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकामा सवारी नरोकी बाँकी काम अघि बढाइएको हो ।

सडकको पहिलो तहको कालोपत्र सकिएसँगै यो सडक ३० मिनेटदेखि एक घण्टा सम्ममा आवतजावत गर्न सकिने भएको छ । सौराहा काठमाडौं चल्ने बा१प १३९१ नं।को पर्यटक बसका चालक राजकुमार चौधरीले एक घण्टामा सजिलै बाटो पार गर्न सकिएको बताए । १५ घण्टासम्म सडकमा बिताएका ना३ख ७१६१ नंका ट्रक चालक रामचन्द्र खत्रीले एक घण्टा पनि नपुग्दै सडक पार भएपछि समयमा नै सजिलै गन्तव्यमा पुग्न सकिएको बताए ।

साना सवारीधनीहरुले ३० देखि ४५ मिनेटमा नारायणगढ मुग्लिन सडक पार गर्न सकिएको भन्दै खुशी व्यक्त गरेका छन् । गैँडाकोटका विष्णु शर्माले विगतमा लामो समय सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेकामा अहिले सहज हुँदा खुशी लागेको बताए । गत वर्षको असार ८ गते सो सडकको कालीखोलामा पहिरो खसेसँगै ४२ घण्टा सवारी आवागमन रोकिएको थियो । सो आयोजनाका सूचना अधिकारी खनालले गत वर्ष २५० घनमिटरभन्दा ठूला ३१४ पटक पहिरो खसेको र जसमध्ये दुई हजार घनमिटरभन्दा माथिका ५३ पटक पहिरो खसेको बताए ।

आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले चार किलो र भालुढुङ्गा नजिकै पहिरो रोक्न कठिन भए पनि अन्यत्र पहिरो रोक्ने काम भइरहेको बताए । कुनै ठाउँमा पहिरो खसेमा तयारी अवस्थामा पहिरो पन्छाउने उपकरण रहने भएकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न सकिने बताए । सो सडकमा पहिरो खस्नबाट रोक्नका लागि काम भइरहेको छ भने दोस्रो र तेस्रो तहको बाँकी कालोपत्र गर्ने काम, सडक सुरक्षाको काम र मुग्लिन नजिकै सडक चौडा गर्न रक एङ्करिङ्को काम भइरहेको छ । सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात बढी भएका कारण समय थप गरिँदै आएको हो । चौथोपटक समय थपको म्याद सकिसकेको छ ।