२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका जनतासँग मुख्यमन्त्री’ हटलाइनसँगै वेबसाइटको शुभारम्भ

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरेका छन् ।

हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारवाहीको माग राखेका थिए भने बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा गुनासो राखेका थिए ।

मुख्यमन्त्री शाहीले दुवैजनाले उठाएको समस्या समाधानका लागि सूचीबद्ध गर्नुका साथै सम्बन्धित निकायलाई समाधानका लागि निर्देशन गर्ने बताए ।

जनताका समस्या मुख्यमन्त्रीले प्रत्यक्ष सुनेर तिनको सहज सम्बोधन भएको जनतालाई प्रत्याभूति गराउने उद्देश्यले हटलाइन सेवा शुभारम्भ गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । हटलाइन सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भने, ‘समग्र योजना विकास निर्माण नेतृत्वले मात्र गर्दा मनोगत हुन्छ, जनताको समस्या समाधानसहितको वस्तुगत योजना विकासमा सहयोग पुगोस् भनेर हटलाइन सेवा शुरु गरिएको हो ।’

उनले मुख्यमन्त्री हटलाइन सेवा (१०९६) सँगै कर्णाली प्रदेश सरकारको आधिकारिक वेबसाइट www.ocmcm.karnali.gov.np को उद्घाटन गरेका छन् । वेबसाइटले प्रदेश सरकारद्वारा भए गरेका गतिविधि जनतालाई सजिलै सूचित गर्ने उनको भनाइ थियो ।

डिजिटल प्रदेश निर्माण गर्ने अवधारणा लिएको यो प्रदेश सरकारको वेबसाइट निर्माण तथा विकासले विस्तारै यहाँका सरकारी कार्यालयका सबै कामकाज प्रविधिबाटै गर्न सघाउ पुग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।