प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै दायर मुद्दा खारेज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै दायर मुद्दा खारेज


२४ जेष्ठ २०७५, बिहिबार


सर्वोच्च अदालत

काठमाडौं । प्रधान न्यायाधीश नियुक्ति गर्न माग गर्दै दायर भएको मुद्दा माथि सर्वोच्च अदालतले खारेज भएको फैसला सुनाएको छ ।

न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश सिफारिस गर्ने अधिकार संवैधानिक परिषद्को भएको भन्दै अदालतबाट आदेश जारी गर्न नमिल्ने भन्दै बिहिबार मुद्दा खारेज गरेको हो ।

सन्तोष भण्डारीले मुद्दा दायर गरेका थिए । सुनुवाइका क्रममा न्यायाधीशले संसदीय सुनुवाइ विशेष समिति बनेको छ भने देखाउनुस भनी रिट निवेदकलाई प्रश्न गरेका थिए ।

संसदीय सुनुवाइ समिति नबनेका कारण प्रधान न्यायाधीशको नियुक्ति हुन सकेको छैन । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद गत चैत १ गतेदेखि रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस