म्याच फिक्सिङको आरोप लागेका ६ जनालाई सफाइ « प्रशासन
prasaLogo
२४ जेष्ठ २०७५, बिहीबार

म्याच फिक्सिङको आरोप लागेका ६ जनालाई सफाइ


प्रकाशित मिति : 7 June, 2018 3:37 pm

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका ६ जनाले सफाइ  पाएका छन् ।

बिहीबार  उनीहरुलाई विशेष अदालतले सफाई दिएको हो । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाइ पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस