२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मझौला व्यवसाय आर्थिक विकासको आधार : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने भनेका छन् ।

उनले अहिले देशमा दुईतिहाइ बहुमतको स्थिर सरकार भएकाले देशको आर्थिक विकास अभियानमा सबै मिलेर लाग्नुपर्ने भन्दै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध राम्रो भएकाले दुवै देश आर्थिक विकासबाट लाभान्वित हुने बताएका छन् ।

लामो समयको प्रयासपछि देशमा आर्थिक विकासको निम्ति राजनीतिक वातावरण तयार भएको भन्दै अध्यक्ष दाहालले सबै राजनीतिक दलले एकअर्कालाई सहयोग गरेर देशको समृद्वितर्फ एकजुट भएर लाग्नुपर्ने बताए।

उनले कृषि क्षेत्र, पर्यटन क्षेत्र, व्यवसायका अन्य विभिन्न उद्योग र रोजगारीको सृष्टिको विविध सम्भावनालाई सदुपयोग गरेर स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्नसके विदेशिएका कैयौँ युवा स्वदेश फर्किने धारणासमेत व्यक्त गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष बाबुकाजी महर्जनले समृद्व नेपाल निर्माणका लागि महासंघले ‘एक घर एक व्यवसाय’ भन्ने नारा ल्याएको भन्दै यसलाई व्यवस्थित गर्न महासंघ लागिपरेको बताए ।

कार्यक्रममा अध्यक्ष दाहालले महासंघद्वारा प्रकाशित ‘एसएमई फोकस’ नामक पुस्तकको विमोचन गरे । पुस्तकमा उद्योगसम्बन्धी विभिन्न अनुसन्धानत्मक लेख, महिलालाई कसरी उद्यमी बनाउने, पर्यटन व्यवसायको महत्वलगायतको लेख समावेश छ । रासस