२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

अ+ अ-

बाबियाचौर । जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ ।

जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज निर्माण गरेर आयआर्जन गर्ने अवसर मिलेको मालिका गाउँपालिका–५ देवीस्थानका मनबहादुर पुनले बताए । मालिका गाउँपालिकाको देवीस्थानमा ‘वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट’ तथा अन्नपूर्ण गाउँपालिकाको नांगीमा ‘हिमाञ्चल सामुदायिक हाते कागज उद्योग’ सञ्चालनमा छ ।

मालिकाको अदिभारा, धौलागिरिको लमसुङ र रघुगंगाको पाखापानीस्थित नेपाली कागज उद्योग मौसमीरुपमा सञ्चालन हुँदै आएका छन् । एउटा उद्योगमा कम्तीमा चारजनाले प्रत्यक्ष र १० जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

देवीस्थानका वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योगका सञ्चालक लोकेन्द्र पुनका अनुसार प्रतिकिलो कागज ८०० देखि रु छ हजारसम्ममा बिक्री हुन्छ । सरकारी काममा बढी प्रयोग हुने नेपाली कागजबाट फाइल, डायरी, नोटबुकलगायत सामग्री बनाउन सकिन्छ ।

घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न संघसंस्थाले स्थानीय स्रोत र सीपमा आधारित उद्योगको विकासका लागि सीपमूलक तालीम, अनुदानमा उपकरण वितरण तथा बजारीकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताताए । स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन र सीपमा आधारित उद्यम र व्यवसायमार्फत खेर गइरहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी र आयआर्जनको वातावरण मिलाउने उनको भनाइ छ । रासस