२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन सडक सञ्चालन, पर्यटन व्यवसायीमा उत्साह

अ+ अ-

चितवन । नारायनगढ – मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह जगाएको  छ । दिउँसोको समयमा रोकिएको सडक सञ्चालन भएपछि व्यवसायीहरु उत्साहित भएका हुन् ।

पर्यटकहरुले सडकको विजोग  अवस्थाका कारण गन्तव्य परिवर्तन आएका थिए । अव भने यो अवस्था नरहेकोले पर्यटक आवागमनमा समस्या नरहने भएपछि व्यवसायीहरु पनि खुसी देखिएका छन् ।

काठमाडौं, पोखरालगायतका ठाउँबाट आएका पर्यटक १५ घण्टासम्म जाममा परेपछि रुष्ट हुने र विभिन्न कार्यक्रम समेत प्रभावित हुने भएकाले पर्यटकहरु समस्यामा परेका थिए । रुटको  समस्याले चितवन आउने पर्यटकहरु पनि पोखरा जाने गर्थे ।

बाटोकै कारण १५ देखि २० प्रतिशत पर्यटक घटेका थिए । तीन वर्षअघि यो सडक विस्तार थालेसँगै सडक प्रभावित हुँदै आएको थियो । बाटोका कारण पर्यटक बस बिहान ७ः३० बजे नै छुट्ने भएपछि एक दिन बस्न आएका पर्यटकको बिहानमा गर्न सकिने हात्ती सफारी वा बोटिङ छुट्ने गरेको व्यवसायी बताउँछन् ।

व्यवसायीका  अनुसार सौराहाबाट काठमाडौं जाने बसको समय पनि असार १ गतेदेखि ८ः३० देखि ९ बजे छुट्ने गरी व्यवस्था मिलाउन लागिएको  छ ।

सडक सहज हुँदै गर्दा पर्यटक बढ्ने निश्चित भएको छ । नियमित सडक सहज बनेर २४सै घण्टा यातायात सञ्चालन भएसँगै चितवन आउने पर्यटकको संख्या बढ्न थालेको छ ।

बाटोका कारण काठमाडौ, पोखरालगायतका क्षेत्रबाट आउने नेपाली तथा विदेशी पर्यटक प्रभावित भएपनि अब सहज हुन थालेको  छ । सडकको पहिलो तह कालोपत्रे सकेसँगै सडकमा धुलो र खाल्टाखुल्टी छैनन् । भित्तो काटिएको ठाउँबाट पहिरो रोक्ने काम भइरहेको छ ।

वर्षामा  पहिरो खस्ने जोखिम रहे पनि अन्य समयमा सडक सहज हुदै गएको छ ।