नेकपासँग तत्काल पार्टी एकीकरण सम्भव छैन : यादव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपासँग तत्काल पार्टी एकीकरण सम्भव छैन : यादव


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । संघीय समाजवादी फोरमले नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकीकरण तत्काल सम्भव नभएको बताएका छन्  ।

फोरम अध्यक्ष यादवले पार्टी एकीकरण हुने हल्ला निराधार रहेको स्पष्ट पारेका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेकपा र फोरमबीच एकता हुने हल्ला चल्न थालेको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले विज्ञप्तिमार्फत् नेकपासँग तत्काल एकता सम्भवै नभएको बताएका छन्।

वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल र पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो। तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको फोरम अध्यक्ष यादवले प्रष्ट पार्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस