आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।

जग्गा खरिद भ्रष्टाचार काण्डमा मुछिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् । उनको कार्यकाल ६ महिना बाँकी छ । पत्रकार सम्मेलनमा उनले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा गरेको बताएका छन् ।

‘मैले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको थिएँ । तर, देशी–विदेशी शक्ति र अन्य समूहले मविरुद्ध खनिएर बद्नाम गरे,’ उनले पत्रकार सम्मेलनमा भने ।

खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोखे ।

प्रतिक्रिया दिनुहोस