संघ र स्थानीय तहको सरुवा मापदण्ड फरक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संघ र स्थानीय तहको सरुवा मापदण्ड फरक


२४ जेष्ठ २०७५, बिहिबार


समायोजन

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा संघ र स्थानीय तहमा समायोजन हुने कर्मचारीहरूको सरुवासम्बन्धी मापदण्ड फरक–फरक बनाइएको छ ।

संघमा समायोजन भएका कर्मचारीलाई संघीय निजामती सेवाभित्र सरुवा हुनेछन् भने प्रदेशमा समायोजन भएको कर्मचारीलाई सम्बन्धित प्रदेश निजामती सेवाभित्र र स्थानीय तहमा समायोजन भएको कर्मचारीलाई सम्बन्धित प्रदेशसभित्रका स्थानीय तहमा सरुवा हुनेछन् ।

यसरी सरुवा गर्दा संघ, प्रदेश वा स्थानीय तहको मिल्दो सेवा, समूह वा उपसमूहको समान श्रेणी तथा तहको पदमा गरिने विधेयकमा उल्लेख छ ।

देश संघीयतामा गएपछि कर्मचारी समायोजन गरी सरुवा सम्बन्धी नयाँ नियम बनाइएको छ । सरकारले ७५ हजार कर्मचारीलाई समायोजन गर्दैछ । संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा विचाराधीन रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस