श्रीमतीको हत्या आरोपमा सर्वस्वसहित जन्मकैद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

श्रीमतीको हत्या आरोपमा सर्वस्वसहित जन्मकैद


२४ जेष्ठ २०७५, बिहिबार


राजविराज । श्रीमतीको हत्या आरोपमा सप्तरीका एक व्यक्तिलाई जन्मैदको सजाय गरिएको छ ।

सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको हो।

४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको जिल्ला अदालत सप्तरीले जनाएको छ ।

बोदेबरसाइन नपा–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा गत कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले पत्नीको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस