पर्सामा ३१ लाख ८० हजार भारुसहित दुई जना पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पर्सामा ३१ लाख ८० हजार भारुसहित दुई जना पक्राउ


२३ जेष्ठ २०७५, बुधबार


वीरगञ्ज । पर्सामा ३१ लाख ८० हजार अवैध भारतीय रुपैया सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा बारा, कलैया उप–महानगरपालिका वडा नं ४ मोतिबाग घर भई मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा नं. १० बस्ने ३० वर्षिया चितरन्जन प्रसाद र भारत, बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी थाना पालानवा ग्राम पंचायत बेलवा वार्ड नं. १४ बस्ने १८ वर्षीया रोहित केशरी रहेका छन् ।

ना.२७ प. ३८११ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस