इन्धनमा कालोबजारी गर्ने दुई जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

इन्धनमा कालोबजारी गर्ने दुई जना पक्राउ


२३ जेष्ठ २०७५, बुधबार


वीरगंज । बारा प्रहरीले इन्धन कालोबजारी गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १० का जय श्रीराम इन्टरप्राइजेजका म्यानेजर मुन्ना गुप्ता, ना ६ ख ६९३१ नम्बरको ट्याङ्कर चालक विशाल श्रेष्ठ रहेका छन् ।

आइओसीको रक्सौल डिपोबाट १२००० लिटर डिजेल खरिद गरि सबै डिजेल आफ्नो डिपोमा राख्नु पर्नेमा तीन हजार लिटर मात्रै आफ्नोमा राखी बाँकी ९ हजार लिटर सोही वडाको कुसुम आयाल इन्टरप्राइजेजमा खन्याइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बढी नाफा खाने नियतले यस्तो गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस