को हुन् त गृहमन्त्रीले भनेका सुन तस्करीको ठूला माछा ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

को हुन् त गृहमन्त्रीले भनेका सुन तस्करीको ठूला माछा ?


२३ जेष्ठ २०७५, बुधबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको अनुसन्धान गम्भीररुपमा अघि बढीरहेको बताउँदै ठूला माछाहरु छट्पटाइरहेको बताएका छन् ।

आफ्नो सयदिने काम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माछा मार्ने क्रम जारी रहेकोले भुरा र मझौलासँगै ठूला माछा पनि समातिने बताए ।

साढे ३३ किलो सुन तस्करीबारे गृहमन्त्रालयले गठन गरेको छानबिन समितिमाथि विभिन्न प्रश्न उठिरहेका बेला मन्त्री थापाले समितिको म्याद थपिने बताएका छन् ।

उनले सुन तस्करीसँग हुण्डीको कारोवारी पनि जोडिएकोले अनुसन्धान त्यसतर्फ पनि केन्द्रित रहेको बताएका थिए।

गृहमन्त्रीले भनेका सुन तस्करीका ठूला माछा को हुन् ? कहिले समातिन्छन् तिनिहरु? त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस