२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा नयाँ विमानस्थलको अध्ययन

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले  सात अर्ब ४१ करोड लागत लाग्ने बताए ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनको क्रममा जभीका प्राविधिक कोइरालाले यो कुरा सार्वजनिक गरे ।

उनले पूर्व–पश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कूल क्षेत्रफल ३६ हजार रोपनी रहेको बताए । प्राविधिक कोइरालाका अनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डिपिआर बन्नेछ ।

हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुग्नुभएका पर्यटन मन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । मन्त्री अधिकारीले भने, ‘यसको डिपिआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्छौं ।’

काठमाडौं बाहेकका बाहिरी जिल्लाबाट पनि छिमेकी देशमा हवाई सेवा सञ्चालन गर्ने दौडानको क्रममा प्रथमतः कर्णालीको सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनतर्फ बढी जोड दिने मन्त्री अधिकारीको भनाइ थियो । काठमाडौं नभई सोझै यहीबाट छिमेकी मुलुकमा जान सक्ने स्थिति सिर्जना गरी कर्णाली प्रदेशका नागरिकलाई न्याय दिलाउने उनले बताए ।

विमानस्थलको राष्ट्रिय योजना निर्माणको तयारीमा रहेको बताएका उनले हाल सुचारु सुर्खेत विमास्थलको विकल्प आवश्यक रहेको बताए । कर्णालीका पर्यटकीय क्षेत्रहरु मुगु–रारा, मानसरोवर, शे–फुक्सुण्डो, छायाँनाथ पुग्ने सयौँ यात्रीको लागि पनि हिमाली जिल्लामा ठूलो जहाज बस्ने विमानस्थल खोज्ने तयारी भइरहेको उनले बताए ।

प्रदेशले आफ्नै कानूनमार्फत पर्यटन बोर्ड स्थापना गर्न सुझाउँदै उनले राराको समग्र गुरुयोजना आवश्यक रहेको औँल्याए । उनले भने, ‘कर्णालीका हुम्ला र डोल्पाका जनताको लागि हवाई मार्ग एकमा विकल्प हो, त्यसका लागि काठमाडौंका सबै एयरलायन्सलाई तल स्टेशन बनाउन अनुरोध गरिएको छ ।’ उनका अनुसार सुर्खेतको काँक्रेविहार क्षेत्रको निर्माण कार्यमा जोड दिइनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्राविधिक दृष्टिकोणले सुर्खेत उपत्यकाभित्र विमानस्थल बन्न नसक्ने अवस्था भएपछि उपत्यका बाहिर हेर्नुपरेको बताए । ‘सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार २५० छ, तर अहिले बनाउन थालिएको विमानस्थलको धावनमार्ग दुई हजार ६५० मिटरसम्मको हो । यसमा ठूला विमान उडाउन सकिन्छ,’ उनले भने ।

पूर्व संस्कृति तथा पर्यटनमन्त्रीद्वय यामलाल कँडेल र जीवनबहादुर शाहीले अन्तर्राष्ट्रियस्तरको नभई अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण गर्न आग्रह गरे । प्राविधिक दृष्टिकोणले उपयुक्त ठाउँलाई छनोट गर्न सुझाउँदै मन्त्रीद्वयले सुर्खेतमा विमानको रात्रिबास गर्ने प्रबन्ध मिलाउन पर्यटन मन्त्रीलाई अनुरोध गरे ।

प्राधिकरणले गुगल नक्सांकनबाट सुर्खेत उपत्यकाभित्रको उत्तरगंगा, उपत्यका बाहिरको भेरीगंगा नगरपालिकाको रामघाटस्थित न्याउलीचौर र मदानेचौर छनोट गरेको थियो । तिनलाई पुनः नक्सांकन गर्ने प्राधिकरणले जनाएको छ । हाल कर्णालीमा आठवटा विमानस्थल सञ्चालन रहेको जनाइएको छ । रासस