घुस लिने शाखा अधिकृत पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घुस लिने शाखा अधिकृत पक्राउ


२३ जेष्ठ २०७५, बुधबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दास घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले दासलाई सेवाग्राहीबाट लिएको नगद ५० घुस रकम सहित पक्राउ गरेको हो ।

बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयका अनुसार शाखा अधिकृत दास चढेको बा६च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस