प्रधानसेनापति क्षत्री भारत प्रस्थान, भारतीय उच्च पदस्थ अधिकारीहरुसँग भेट्ने  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति क्षत्री भारत प्रस्थान, भारतीय उच्च पदस्थ अधिकारीहरुसँग भेट्ने 


२३ जेष्ठ २०७५, बुधबार


काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति क्षत्री भारत  भ्रमणमा गएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाई गरेका हुन् ।

भ्रमणमा प्रधानसेनापति क्षत्रीले देहारदुनस्थित भारतीय सेनाको इन्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको चिफ रिभ्युविइङ अफिसरको रुपमा आतिथ्यता ग्रहण गर्ने कार्यक्रम छ ।

उनले ६ दिने भ्रमणका क्रममा भारतका  उच्चपदस्थ अधिकारीहरुलगायत रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति क्षत्री भ्रमण सम्पन्न गरी जेष्ठ २८ गते स्वदेश फिर्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस