२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जथाभावी फोहर फाल्ने सरकारी कार्यालयलाई चेतावनी

अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले आज पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अन्नपूर्ण न्यूरो अस्पताल अगाडि पुगेर समापन गरियो ।

‘वि लभ यु फाउण्डेशन’ संस्थाको आयोजना गरिएको सरसफाइ कार्यक्रमको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेतृत्व गरेका तिए । उनी मुखमा माक्स र हातमा कुचो लिएर सरसफाइमा सहभागी भएका थिए ।

सरसफाइका क्रममा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहर हटाउन निर्देशन दिए ।

उनले भने, “तपाईहरुले आफ्नो कार्यालय अगाडि थुपारेको फोहोर तत्काल हटाउनुस्, आगामी दिनमा पुनः यस्तो फेला पारियो भने कारबाही गर्छु ।” उनले कार्यालय अगाडि फोहर जम्मा पार्ने सरकारी कार्यालयलाई पहिलो चरणमा उक्त फोहर हटाएर आउँदा दिनमा त्यसो नगर्न निर्देशन दिने र निर्देशन पालना नभएमा जरिवाना लगाउने स्पष्ट गरे ।

सिंदरबारभित्र र बाहिरका चमेना गृहले फोहर व्यवस्थापन गर्ने नगरेको पाइएपछि मन्त्री बस्नेतले तत्काल उक्त कार्य रोक्न निर्देशन दिए। मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा मंगलबारदेखि नेपाल स्वच्छ वातावरण महाभियानको थालनी गरेको छ ।

मन्त्री बस्नेतले महाभियानलाई शहरी क्षेत्रमात्र नभई गाउँगाउँसम्म पु¥याउने जानकारी गराए । उनले स्वच्छ वातावरण निर्माणका लागि सरकारले चालेको कदममा साथ दिन आम नागरिकलाई अपिल गरे। रासस