गोरेका प्रमुख सहयोगी भनिएका तिवारी पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोरेका प्रमुख सहयोगी भनिएका तिवारी पक्राउ


२२ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती गोरेका प्रमुख सहयोगी भनिएका राम तिवारी पक्राउ परेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरिएको छ । तिवारीलाई सुन प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको हो ।

अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको संवादमा तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए । यी लगायत अन्य प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार थप अनुसन्धान अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस