मुख्यमन्त्री भट्ट संसदीय दलको नेतामा निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री भट्ट संसदीय दलको नेतामा निर्वाचित


२२ जेष्ठ २०७५, मंगलबार


धनगढी । प्रदेश नं. ७ को प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् ।

सो पार्टीको प्रदेशसभाका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा मंगलबार बसेको संसदीय दलको बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतकमा तारालामा तामाङ र सचेतकमा अक्कलबहादुर रावललाई निर्वाचित गरेको नव निर्वाचित प्रमुख सचेतक तामाङले बताए ।

संसदीय दलको नेतामा निर्वाचित मुख्यमन्त्री भट्ट र सचेतकमा निर्वाचित रावल तत्कालीन नेकपा (माओवादी केन्द्र)मा आबद्ध थिए । यस्तै उप नेतामा निर्वाचित शाह र प्रमुख सचेतकमा निर्वाचित तामाङ तत्कालीन नेकपा एमालेमा आबद्ध थिए । रासस

प्रतिक्रिया दिनुहोस