घुस लिने चार जना विरुद्ध मुद्दा दायर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

घुस लिने चार जना विरुद्ध मुद्दा दायर


२२ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबरजस्ती करणीमा संलग्नलाई बचाउन घुस लिएको अभियोगमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पचास हजार घुस लिई गलत लिखत तयार पारेको अभियोगमा वीर अस्पतालमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा कार्यरत सेवा आयोगका सचिव लक्ष्मणप्रसाद अर्याल विरुद्द मुद्दा दायर गरिएको हो ।

यस्तै अस्पतालको कागजात अनाधिकृत रुपले हेरफेर गर्ने केदारनाथ पराजुली र नक्कली कागजात पेश गर्ने आरोपी उद्धवप्रसाद नेपाल विरुद्धसमेत कैद साजय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस