२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सालिकलाई पुरानै स्वरुपमा फर्काउन स्वयंसेवी अभियान

अ+ अ-

काठमाडौं । पुरातात्विक महत्वका सयौँ वर्ष पुराना सालिकलाई पुरानै स्वरुपमा फर्काउन ललितकला र सिर्जना कलेज अफ फाइन आर्टका विद्यार्थी स्वयंसेवी अभियानमा लागेका छन् ।

नेपाली सेनाको मुख्यालयअघिको चौर, टुँडिखेल र भद्रकाली शान्ति उद्यानमा रहेका पूर्वराजा पृथ्वीवीरविक्रम शाह, जंगबहादुर राणा, जुद्धशम्शेर र धीरशम्शेरको सालिकमा सात जना विद्यार्थीको समूहले पोतिएका रंग खुर्केर सालिकको सक्कली स्वरुपमा फर्काउन लागेको हो ।

पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा पुरातात्विक महत्वका सालिकलाई पुरानै स्वरुपमा फर्काउन लागिएको पुरातत्व अधिकृत प्रकाश खड्काले जानकारी दिए ।

स्वयंसेवीका रुपमा ललितकला क्याम्पसका पल साउद, विक्रम श्रेष्ठ, योगेन क्षत्री र कमल श्रेष्ठ सक्रिय हुन् । यसैगरी सिर्जना कलेज अफ फाइन आर्टका सुशान्तश्री राजभण्डारी, अभिजित प्रजापति र सन्तोष श्रेष्ठ सालिकमाथि चढेर रंग खुर्किरहेका छन् । वरिष्ठ मूर्तिकार विजय महर्जनको मार्गनिर्देशनमा कलाका विद्यार्थीले सम्पदा संरक्षणको काम गरिरहेका छन् ।

राणा प्रधानमन्त्रीको सालिकको काम सकी विद्यार्थीको समूहले भद्रकाली उद्यानमा रहेको पूर्वराजा पृथ्वीवीरविक्रम शाहको सालिकको स्वरुप पुरानो अवस्थामा फर्काउने काम गरिहेको छ । पूर्वराजाले घोडा चढेको यो एउटै सालिक रहेको काममा सक्रिय विद्यार्थी साउदले सुनाए ।

यी सालिक युरोपमा बनाएर ल्याई राणा शासनका समयमा यहाँ राखिएको विभागले जनाएको छ । रासस